nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङबाट छुटेकाे भ्यानमा १८३ केजी गाँजा सहित गाडी र चालक पक्राउ

gaja-1641898103-1641901388.jpg

मकवानपुरको भीमफेदी –२ भैसेबाट प्रहरीले १ सय ८३ केजी गाँजा, गाँजा ओसार्न प्रयोग गरिएको गाडी र त्यसका चालकलार्य पक्राउ गरेको छ ।भैंसेस्थित चेकपोष्टमा रोकी सुरक्षाजाँच गर्ने क्रममा पालुङबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०१–००२२ च ३५५६ नम्बरको पिकअप गाडिमा प्रहरीले गाँजा बरामद गरेको हो । गाँजासहित प्रहरीले थाहा‍-२ का ३० वर्षीय रामचन्द्र सिन्तानलाई पक्राउ गरेको छ ।

प्रहरीले बरामद गाँजा, ढुवानी गर्ने गाडीसहित पक्राउ परेका सिन्तानलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेषटोली र प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले १ सय ८३ केजी गाँजासहित गाँजा ढुवानी गर्ने गाडी र चालकलाई पक्राउ गरेर आज दिउसो जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सार्वजनिक गरेको हो ।