Wednesday, 26th August, 2026
वि.स.

पालुङको दशै घरमा यसरी फुलपाती भित्र्याइयो

IMG_20201023_184747-1603458193.jpg

पालुङको ऐतिहासिक दशै घरमा यस वर्षको फुलपाती भित्र्याइएको छ । मकवानपुरको आग्राबाट फुलपाती ल्याएर थाहानगरको पालुङ स्थित दशै घरमा फुलपाती भित्र्याइएको हाे । 

आग्राको चल्तीबाट अर्यालहरुले पालुङको मत्स्यनारायणसम्म बेलपत्र सहितको फुलपाती ल्याउने र त्यहाँबाट स्थानीय मगर, नेवार, भुजेल, ब्राम्हण सहितको सातजना कर्ताहरुले पालुङको फुलपाती चौरसम्म बाजागाजा सहित ल्याउने परम्परा छ । डोलीमा राखेर हर्षोल्लासका साथ ल्याइने फलुपातीले थाहानगरमा दशैं आएको संकेत गर्दछ । 

दशैमा मात्र प्रयोगमा आउने पालुङको खोला किनारामा रहेको उक्त चौरलाई सबैले फुलपाती चौरको नामले चिन्छन् । फुलपाती चौरमा ल्याइएको फुलपातीलाई पुजाविधि अनुसार शुभ साइतमा बली सहित पालुङको दशै घरमा फुलपाती भित्र्याउने पुरानो चलन हो । 

पालुङ स्थित दशै घरमा फुलपाती भित्र्याएपछि स्थानीयहरुले घरघरमा फुलपाती लगेर आफ्नो घर–घरमा लगि भित्र्याउने परम्परा छ । 

फुलपाती भित्र्याउने कार्यक्रममा नगर प्रमुख लवशेर विष्ट, थाहा–२ का वडा अध्यक्ष गुप्त बहादुर कार्कीको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु, भूतपूर्व सैनिक संघ मकवानपुरका पदाअधिकारीहरू, पाण्डु केश्वर क्षेत्र विकास समितिका अध्यक्ष जनक हमाल, राजु नापित, ज्ञानेश्वर ढकाल, पूर्व जनप्रतिनीधि श्यामभक्त श्रेष्ठ तथा पत्रकार र सुरक्षा निकायको उपस्थिती उपस्थिती रहेको थियो । 

दशै घरमा घटस्थापनाको दिन स्थानीयहरुले सामुहिक जमरा राखेका छन् । 

पालुङको दशै घरमा महाअष्टमी राती कालरात्री गरिन्छ । महानवमीको दिन दशै घर नजिकैको कोतमौलामा कोतपुजा गर्ने चलन रहेकाे वडा अध्यक्ष गुप्त बहादुर कार्कीले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif