Friday, 21st August, 2026
वि.स.

पानाेरमा प्रकरण : केरलाका मुख्यमन्त्रीले मागे क्षतिपूर्ति

भारतको केरलाका मुख्यमन्त्रीले नेपालमा घुम्‍न आएका आठ भारतीयको मृत्युको क्षतिपूर्तिको माग गरेका छन् । भारतको केरलाका मुख्यमन्त्री पिनाराइ विजयनले संघीय विदेशमन्त्री एस जयशंकरलाई एक पत्र लेख्दै एक परीवारका आठ भारतीयको मृत्युको विस्तृत अनुसन्धानका लागि माग गर्न आग्रह गरेका छन् । 

उनले पत्रमार्फत जनवरी २१ मा ज्यान गुमाएका आठैजना केरला राज्य भएको र नेपाल सरकारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्न संघीय विदेश मन्त्री जयशंकरलाई आग्रह गरेका छन् । यसअघि मकवानपुरको दामनस्थित पानोरोमा रिसोर्टमा बेहोस भएर मृत्यु भएका आठजना भारतीय एकै परिवारका सदस्य भएको प्रहरीले पुष्टि गरेको थियो । कोठामा हिटर बाली सुतेको अवस्थामा बेहोस भएका उनीहरुलाई कैलाश एयरको हेलिकप्टरबाट काठमाडौंस्थित हेम्स अस्पताल ल्याइएको थियो ।

मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना,५ वर्षीय बैशनव र ९ वर्षीया बद्रा कप छन् । गल्फ न्यूजलाई उनीहरुको परिवारका सदस्यले बताएअनुसार सो परिवार बच्चाको जन्मदिन मनाउनका लागि नेपाल आएको थियो ।बच्चाको जन्मदिन मनाउनका लागि उनीहरुले हरेकवर्ष फरक गन्तव्य रोज्ने गरेका थिए । सोही क्रममा यस वर्ष उनीहरु नेपाल आएका थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif