Sunday, 23rd August, 2026
वि.स.

पाथिभरा सहकारीले ब्याजमा १० प्रतिशत छुट दिने

Pathi-1587184221.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ मा रहेको पाथीभरा बचत तथा ऋण सहकारी संस्थाले ब्याज छुट गर्ने निर्णय गरेको छ । संस्थाले चैत महिनाको ब्याज वैशाख २५ गतेसम्म तिरेमा १० प्रतिशत छुट दिने निर्णय भएको उपाध्यक्ष रामकुमार कार्कीले जानकारी दिए । 

संस्थाले कार्यालय प्रत्येक आईतबार, मंगलबार र शुक्रबार विहान १० बजेबाट १ बजेसम्म खुल्ने कार्यालय खोलेर सोवा प्रवाह गरिरहेको व्यवीथापक राजाराम कार्कीले जानकारी दिए । सदस्यहरूको आफ्नो निक्षेपबाट १५ हजार रुपियाँसम्म जुनसुकै समयमा ब्यबस्थापक र अध्यक्षसँगको समन्वयमा पैसा झिक्न सकिने व्यवस्था मिलाइएको अध्यक्ष गोकर्ण बरुवालले जानकारी दिए । 

संस्थाबाट प्रवाह हुने सेवाहरुको विषयमा सूचना प्रकाशन गरेर जानकारी गराएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०