Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पाथिभरा गोल्डद्वारा दिव्य सेवालाई खाद्यान्न वितरण 

Khadhyanna-Help-(1)-1601646642.jpg

लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्डले दिव्य सेवा निकेतन, हेटौंडालाई खाद्यान्न वितरण गरेको छ । 

कार्यक्रम लायन्स क्लब इन्टरनेशनल ३२५ वि २ की क्षेत्रीय प्रमुख अंकिता सुमार्गीको प्रमुख आतिथ्य तथा लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्डकी अध्यक्ष रश्मी बस्नेतको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा दुई बोरा चामल, दाल, चिनी, चियापत्ति, तेल, विस्कुट, पिठो, नुन लगायतका सामग्री वितरण गरेको कार्यक्रम संयोजक अप्सरा मानन्धरले बताईन् । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ वि २ की जोन चेयरपर्सन शोभा श्रेष्ठ, दिव्य सेवा निकेतनका केन्द्रीय अध्यक्ष टिआर निरौला, लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्डकी पुर्व अध्यक्षहरु माधवी बोस, आशिका श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०