Friday, 21st August, 2026
वि.स.

पहिलो योजना सम्पन्न गर्ने उपभोक्ता समितिलाई सम्मान

मकवानपुर थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ को सबैभन्दा पहिले योजना सम्पन्न गरी अन्तिम भुक्तानी लिने उपभोक्ता समितिको पदाअधिकारीलाई सम्मान गरिएको छ । 

थाहा नगरपालिका वडा नम्बर २ पालुङमा रहेको इन्द्रायणी मन्दिर गणेस्थान स्ल्याब ढलान सडक उपभोक्ता समितिले नगरमै पहिलो योजना सम्पन्न गरेको हो । सबैभन्दा पहिला योजना सम्पन्न गर्ने उपभोक्ता समितिका अध्यक्ष रमन श्रेष्ठ, सचिव प्रमोद कुमार श्रेष्ठ र कोषाध्यक्ष उषा बलामीलाई नगरपालिकाको तर्फबाट नगर प्रमुख लवशेर विष्ट र प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले संयुक्त रुपमा सम्मान गरेका हुन् । 

थाहा नगरपालिकाका करिब ८० भन्दा बढि भैतिक पूर्वाधार विकासका योजना मध्ये इन्द्रायणी मन्दिर गणेस्थान स्ल्याब ढलान सडक उपभोक्ता समितिले सबैभन्दा पहिला योजना सम्पन्न गरेको हो । समितिले समयमै काम सम्पन्न गरेकोमा नगर प्रमुख विष्ट तथा प्रमुख प्रशासकीय अधिकृत पुरीले खुशी व्यक्त गर्दै अन्य उपभोक्ता समितिहरुले पनि यस समूहबाट सिक्न आवश्यक भएको औल्याए । 

उपभोक्ता समितिले छोटो समयमा योजना मात्र सम्पन्न गरेनन् ६ लाखको लागत रहेको उक्त योजनामा ८ लाख रुपियाँ बराबरको काम भएको इन्जिनियर सन्तोष बोहराले बताए । थाहा नगरपालिकादे चालु आर्थिक वर्षको दूइ महिनामा १२।२६ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif