Monday, 17th August, 2026
वि.स.

पहिरोले डोजर पुर्दा धादिङमा दुई जना बेपत्ता

धादिङको सेर्तुङमा पहिरोले डोजर पुर्दा शुक्रबार बेलुकादेखि दुई जना बेपत्ता भएका छन् ।

धादिङ बेसीको तिप्लिङ सडकअन्तर्गत आदा खोलामा पहिरोले डोजर पुर्दा डोजर चालक सिन्धुपाल्चोक जिल्लाका राजु पराजुली र रुवीभ्याली गाउँपालिका–५ का जोजो तामाङ बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बेपत्ता दुवैको खोजी भइरहेको जानकारी दिएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif