Tuesday, 18th August, 2026
वि.स.

पहिरोले घर बगाउँदा एक जनाको मृत्यु, ६ वेपत्ता

flood-1691466521.jpg

मकवानपुरको बागमती गाउँपालिका-५, सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र उनीहरुमध्ये एक जनालाई उद्धार गरेर मेडिकल लैजाँदा मृत्यु भएको जानकारी दिए । उनका अनुसार बेपत्ता भएका ६ जनाको खोजीकार्य जारी छ ।

पहिरोमा परी घाईते भएकी ५५ वर्षकी सन्तमाया स्याङ्तानलाई स्थानीयले उद्दार गरी स्थानीय मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पहिरोमा परी बेपत्ता हुनेहरुमा मृतक सन्तमायाका पति ६० वर्षका अक्कल बहादुर स्याङ्तान, उनका छोरी २२ वर्षकी शिला पहरी, ज्वाई २५ वर्षका जीवन पहरी, नाती ४ वर्षको मिलन पहरी र नातिनी डेढ वर्षकी दिव्या पहरी रहेका छन् । त्यसैगरी पाहुनाको रुपमा बास बसेका सिन्धुली हरिहरपुर-१ कोकटी बस्ने करिव १७ वर्षका पासाङ घिसिङ वेपत्ता छन् ।

घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif