Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पहिरोमा परेर एकैपरिवारका तीन जनाको मृत्यु

pahiro-1595300532.jpg

 पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् ।

जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काले अनलाइनखबरलाई बताएअनुसार मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो ।

केही दिनयता देशका विभिन्न भागमा अविरल वर्षा भइरहेकाे छ ।