Wednesday, 26th August, 2026
वि.स.

पसिनाको मूल्य खोज्दै उखु किसान

ukhu-kisan-1607850999.jpg

 लामो समयसम्म बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले राजधानीमा आन्दोलन सुरु गरेका छन्। आइतबार बिहानैदेखि उखु किसान संघर्ष समितिको आह्वानमा माइतीघर मण्डलमा आन्दोलन सुरु भएको हो।

उनीहरूले गत वर्षको पुस १६ गते सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । माइतीघर मण्डलाबाट सुरु गरेर सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन्।

यसअघि उखु किसानको आन्दोलनमा आफ्नो साथ तथा समर्थन रहेको विवेकशील साझा पार्टीले जनाएको छ। किसानहरुले आफूहरुको बक्यौता रकम तत्काल दिइनुपर्ने तथा खेतीका लागि सरकारी तहबाट सहयोग हुनुपर्ने माग राखेका छन्।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif