Tuesday, 25th August, 2026
वि.स.

पशुमा लाग्ने संक्रामक रोग ‘लम्पी स्किन’ नेपालमा भित्रियो

lumpy-1596601430.jpg

 गाई-भैंसीलाई लाग्ने लम्पी स्किन रोग नेपाल भित्रिएको पुष्टि भएको छ । भारत र बंगलादेशमा गत वर्ष नै देखिएको यो रोग कृषि मन्त्रालयको हेलचेक्रयाइँले नेपालमा फैलिन थालिसकेको छ । लम्पी स्किन संक्रमणको उपचार हालसम्म पत्ता लागेको छैन । पछिल्लो समय प्रदेश १, २ र बागमतीका केही जिल्लाका गाईभैंसीमा लम्पी स्किन संक्रमण देखिएको छ । प्रदेश १ मा यही रोगले केही गाईभैंसी मरेका छन् । यो रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छोड्ने समस्या हुन्छ र पशुको मृत्यु हुन्छ ।


पशुको विकास र दूग्ध उत्पादन चक्रमा तुरुन्तै असर देखिने यो रोगले मासु उत्पादनमा समेत ठूलो असर गर्छ । यही रोगका कारण कृषकमा विचलन आउँदा भारत र बंगलादेशले ठूलो मूल्य चुकाइरहेको मानिन्छ ।

नयाँ रोगको संक्रमणले दूध उत्पादनमा ठूलो ह्रास आउने पशु चिकित्सक बताउँछन् । उनीहरुका अनुसार, झापामा यो रोगको संक्रमण भएको लैनो गाईमा दूध दिने क्षमता ७० प्रतिशतसम्म घटेको पाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif