Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पर्सामा ३ स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण

gandak-hospital-1592211570.jpg

पर्सामा सोमबार थप ३ जना स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार पनि पर्सामै ५ जना स्वास्थ्यकर्मी , १ एम्बुलेन्स चालक सहित १७ जनामा कोरोना संक्रमण भेटिएको थियो । 

सोमबार विन्दवासीनी गाँउपालिका ३ झौवा स्थित क्वारेन्टाइनका ९ जना र पटेर्वासुगौली गाँउपालिकाको क्वारेन्टाइनमा रहेका १ जनामा कोरोना संक्रमण पु्ष्टि भएको हो । विन्दवासीनी गाँउपालिका ३ झौवागुठी स्थित क्वारेन्टाइनमा संक्रमण पुष्टि भएका ९ मध्ये ३ जना स्वास्थ्यकर्मी हुन् । उनीहरु तीनै जना झौवाको क्वारेन्टाइनमा गाँउपालिकाले खटाएका अहेब हुन् । 

अरु ६ जना भने भारतबाट गाँउ फर्किएर क्वारेन्टाइनमा बसेका रहेका गाउँपालिकाका स्वास्थ्य संयोजक नरेश चौहानले जानकारी दिए । पटेर्वासुगौली गाउँपालिकाको क्वारेन्टाइनमा सोमबार संक्रमण पुष्टि भएका पुरुष भने वडा नम्बर २ का स्थानीय  हुन् । उनी पनि भारतबाट गाँउ फर्किएका व्याक्ति हुन् । 

जेठ २६ गते पर्साका विभिन्न क्वारेन्टाइनमा रहेकाको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पिसिआर जाँचका लागि ल्याइएको थियो । तीमध्ये  सोमबार १० जनाको रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका मेकिडल सुपरिडेन्टेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए । २६ देखि ५६ वर्ष उमेर समुहका १ महिला र ९ पुरुष गरी १० जनामा संक्रमण पुष्टि भएको मेसु उपाध्यायले बताए ।

सोमबार संक्रमण पुष्टि भएकालाई सोमबार दिउँसो वीरगन्जको गण्डक स्थित अस्थायी कोबिड अस्पतालमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले जानकारी दिए । सोमबार १० जना थपिएसँगै पर्सामा कोरोना संक्रमितको संख्या १ सय ५३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत ठाकुरले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०