Tuesday, 18th August, 2026
वि.स.

पर्यटन प्रवद्र्धनका लागि ‘राईड टु मार्खु’

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मकवानपुरमा ६० जनाले साइक्लिङ गर्ने भएकाछन् । मकवानपुरका ४० जना र अन्य जिल्लाका २० जनाले साइक्लिङ गर्ने भएका हुन् । २८ मंसिरमा हेटौंडामा साइक्लिङ संघले पत्रकार सम्मेलन गरी मकवानपुरको मार्खुलाई पर्यटकीय क्षेत्रको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले साइक्लिङ गर्न लागेको जनाएको छ । 

पत्रकार सम्मेलनमा संघका संस्थापक अध्यक्ष नरेशलाल श्रेष्ठले वातावरण जोगाउन र पर्यटन प्रवद्र्धन गराउनको निम्ति दुई दिन राईड टु मार्खु कार्यक्रम आयोजना गरिएको बताए । कुल २ लाख ४४ हजार लागत अनुमान गरीएको कार्यक्रम २९ मंसिर विहान हेटौंडाको हुप्राचौरबाट सूरु भई भैसे, निवुवाटार, भिमफेदी, देउराली, कुलेखानी हुँदै मार्खु पुग्ने मकवानपुर साईक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठले जानकारी दिए ।

नेपाल  बुद्धीचाल संघ  मकवानपुरका सचिव धर्म लामाले मार्खुलाई पर्यटकीय क्षेत्रको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले दुईदिने राईड टु मार्खु कार्यक्रम आयोजना गर्न लागिएको बताए  । कार्यक्रम गर्नका लागि ‘ट्रेक’ ब्राण्डको साइकलको मकवानपुरका लागि आधिकारिक विक्रेता राज साईकल सेन्टर मुख्य प्रायोजक, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र नेपाल बक्सिङ संघ सहप्रायोजक रहेको आयोजकले जनाएको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif