Tuesday, 18th August, 2026
वि.स.

पर्यटक यातायातकाे सचिवमा थाहाका अरुणकाे उमेदवारी

Screenshot_2023-09-04-06-1693789877.jpg

नेपाल पर्यटक यातायात व्यवसायी संघको आसन्न केन्द्रीय कार्यसमिति निर्वाचनमा थाहा नगरपालिकाका अरुण माेक्तानले सचिव पदमा उमेदवारी दिने भएका छन् ।

१९ भदाैमा हुने संघको नेतृत्व निर्वाचनमा माेक्तानले बेदराज बास्तोलाकाे प्यानलबाट सचिव पदमा उमेदवारी दिने भएका हुन् । बास्ताेला समूहले प्यानल तयार पार्ने क्रममा थाहाका माेक्तानलाई सचिव पदमा अघि सारेकाे हाे ।

बास्तोला प्यानलबाट प्रथम उपाध्यक्षमा रमेश गौतम, द्वितीय उपाध्यक्षमा विनोद तामाङ, महासचिवमा केदानाथ कट्टेल, सचिवमा अरुण मोक्तान र कोषाध्यक्षमा रामकुमार बस्नेत प्रतिस्पर्धामा उत्रिने सचिव पदका प्रत्यासी माेक्तानले बताए ।

नमराज अर्याल, राम आचार्य, टेकबहादुर पुन र नकुल तिमल्सिनाले उक्त प्यानलबाट सदस्य पदमा उमेदवारी दिनेछन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif