Thursday, 2nd July, 2026
वि.स.

पर्यटक उद्धारका लागि इन्द्रसरोवरमा मोटरबोट

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोवर आन्तरिक एवं वाह्य पर्यटक भिड बढेसंगै बोटिङ गर्दा कुनै दुर्घटना भैइहाले उद्धारको लागि छुट्टै मोटरबोट स्ट्याण्डबाइ राखिएको छ । इन्द्रसरोवर तालमा बोटिङ गर्ने पर्यटकको सुरक्षाको लागि उद्धारका लागि मोटरबोट राखिएको हो । काठमाण्डौं तथा हेटौंडाबाट नजिक रहेको इन्द्रसरोवरमा आन्तरिक तथा बाह्यि पर्यटकको प्रायः शनिबार भिड लाग्ने गर्दछ । इन्द्रसरोवर मार्खु अहिले पर्यटकको शनिबारिय गन्तव्यजस्तै भएको छ । 

स्थानीयावासीले डुंगा सञ्चालनमा ल्याएपछि इन्द्रसरोवरमा पर्यटक आकर्षित भएका हुन् । इन्द्रसरोवरमा डुंगामा सयर गर्न काठमाडांैदेखि आउने गरेका छन् । विशेषगरी शुक्रबार र शनिबार आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । इन्द्रसरोवर गाउँपालिका १ ले पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले शुरुमा दुई थान पाइडल बोट (डुंगा) खरिद गरेकोमा अहिले दुईथान थपेको छ । सरोवरमा पाइडल बोट सञ्चालन गरेपछि डुंगा चढनेको संख्या हवात्तै बढेको उनले बताए । सरोवरमा अहिले पानीको सतह पनि माथिसम्म छ ।

एउटा पाइडल बोटमा चार जनासम्म चढेर सयर गर्न मिल्छ । सरोवरमा पाइडल बोटमामात्र होइन काठका चालीस वटा डुंगा सञ्चालनमा छन् ।  इन्द्रसरोवरमा पानीको सतहबढेसंगे अहिले डुंगा सयर गर्न आउनेको संख्या बढेको स्थानीय व्यवसायीले बताए । स्थानीय मणिराज थापाले भने–‘शनिबार त ढुङ्गा चढ्ने पालै पाइन्न, कुर्दा कुर्दै दिन जान्छ ।’ इन्द्रसरोवर क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले तत्कालीन जिविस मकवानपुरले ४ वर्षअघि १३ लाखको लागतमा २ वटा इन्जिन मोटर बोट खरिद गरी सरोवरका मत्स्य व्यवसायी संघलाई उपलब्ध गराएको थियो । नेपाल विद्युत् प्राधिकरणले असुरक्षा र सरोवरका माछाहरू मर्नेलगायतका कारण देखाएर मोटर बोट चल्न रोक लगायो । ती मोटर बोट उपयोगविहीन अवस्थामा छन् । काठको डुंगा र पाइडलबाट चल्ने बोटलाई भने प्राधिकरणले अवरोध पु¥याएको छैन, वडाध्यक्ष वाइवाले भने ।

काठको डुंगामा एक घण्टा सरोवरमा घुम्ने व्यक्तिलाई ५ सय रुपैयाँ लिने गरिएको छ । पाइडल बोटमा हजार रुपैयाँ लिने सोचमा छौं तर   दर तोकिसकेका छैनांै उनले भने । मार्खुस्थित सरोवरमा मज्जा लिनका लागि हेटांैडा, काठमाडांै र वीरगन्जबाट पर्यटकहरू आउने गरेका छन् । ती दुई दिन मार्खुमा रहेका होटल भरिभराउ हुने गरेका छन् । ७ किलोमिटर लम्बाइ र ३ सय मिटर चौडाइ रहेको उक्त   सरोवरको सैनिक इलाका क्षेत्रमा डुंगा चलाउन पाइँदैन ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०