Tuesday, 18th August, 2026
वि.स.

पत्रकार ओझाको कोरोना संक्रमणका कारण निधन

cd-1621676068.jpg

नेपाल पत्रकार महासंघ रेडियो नेपाल प्रतिष्ठान शाखाका सदस्य कृष्णप्रसाद ओझाको कोरोना संक्रमणका कारण ५४ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको कलंकीस्थित नेशनल अस्पतालमा उपचाररत ओझाको जेठ ७ गते शुक्रबार उपचारकै क्रममा निधन भएको हो ।

खोटाङको वडाका दियाले–७ निवासी ओझा २०४९ सालदेखि रेडियो नेपालमा कार्यरत थिए । उनको निधनले  एक कुशल र जुझारु सदस्य गुमाएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघले स्वर्गीय ओझाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।

कोरोनाकै कारण हालसम्म १६ जना पत्रकार निधन भएको छ भने ८ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif