Thursday, 20th August, 2026
वि.स.

पटनामा भर्ना भएका नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छैन : अस्पताल

Patnaaaaa-1584887169.jpg

 कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको आशंकामा एक नेपाली पटना मेडिकल कलेज, बिहारमा भर्ना भएका छन् । तर उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्रा. डा. विद्यापति चौधरीले जानकारी दिए ।

‘उनको उपचार जारी छ, केही रिपोर्ट आउन बाँकी नै छ’, चौधरीले भने, ‘हामीले उनको रिपोर्ट नेशनल इस्टिच्युट अफ मेडिकल साइन्स, पुनेमा पठाएका छौं ।’ वीरगञ्जका उनी केही दिनअघि अस्पतालमा भर्ना भएका थिए ।

उनको विस्तृत रिपोर्ट आउन दुई-तीन दिन लाग्ने उनले बताए । उनले थपे, ‘त्यसपछि मात्रै विस्तृतमा भन्न सकिन्छ ।’

भारतीय टेलिभिजन च्यानलहरुले उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको दाबी गरेका छन् भने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि परिवारबाट त्यस्तै खबर आएको बताएका थिए ।

-अनलाइनखबरबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif