Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पछिल्लो २४ घण्टामा मृत्युभएका मकवानपुरका २ जनामा कोरोना पुष्टि

2-1597830371.jpg

हेटौँडा उपमहानगरपालिकाभित्र पछिल्लो २४ घण्टामा मृत्यु भएका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा हेटौडा १ का एकजना ६१ वर्षका पुरुष तथा हेटौँडा उपमहानगरपालिका वडा नंबर १९ की एक जना महिला रहेकी छिन् ।

 मृत्युपश्चात सार्बजनिक भएको स्वाब परिक्षण नतिजामा दुबैमा कोरोना पुष्टि भएको पाइएको छ ।हेटौँडा १ का ६१ बर्षीय पुरुष वृद्धको मंगलबार राति निधन भएको थियो । उनी मृगौला, उच्च रक्तचाप लगायत दीर्घरोगीका रुपमा उपचाररत थिए ।

अर्की मृत्यु भएकी बृद्धा तीनमहिनादेखि कलेजोको क्यान्सरबाट पीडित भई चितवनस्थित मेडिकल कलेजमा उपचारका लागि लगिएके थियो । उनी हेटौँडा उपमहानगरपालिका वडा नं १९ सान्ननटारकी ६२ बर्षीया बृद्धा हुन् ।

मृत्यु हुनुअघि निकालिएको स्वाब परिक्षण नतीजा पोजेटिभ आएको जानकारी मेडिकल कलेजले जानकारी दिएको हेटौँडा उपमहानगरपालिका १९ नं वडाध्यक्ष नवराज सुवेदीले बताए ।
मंगलबार बिहान ७ बजेतिर मृत्यु भएकी बृद्धाको दिउँसो परम्परा अनुसार सद्गद् गरिएको थियो । शवको सद्गद् गरिसकेपछि बुधबार बिहान मात्रै मेडिकल कलेजले स्वाब परिक्षणमा कोरोना भेटिएको जानकारी गराएपछि समाजमा त्रास फैलिएको वडाध्यक्ष सुवेदीले बताए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०