Thursday, 20th August, 2026
वि.स.

पचास प्रतिशत अनुदानमा किसानलाई ट्याक्टर

प्रधानमन्त्री कृषि आधुनीकीकरण  परियोजना, परियोजना कार्यान्वयन इकाई थाहा नगरपालिकाको बार्षिक कार्यक्रम अनुसार कृषकहरुलाई खेतबारी जोत्ने मिनी टिलर ट्याक्टर वितरण गरेको  छ । परियोजना कार्यान्वय रहेको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका किसानहरुलाई ट्याक्टर वितरण गरेको हो । 

परियोजनाले कृषक, कृषक समुह सहकारीहरुमा आवद्ध किसानहरुलाई ट्याक्टर वितरण गरेको परियोजना कार्यान्वयन ईकाइ शिखरकोटका प्रमुख सुजन अम्गाईले जानकारी दिए । उनका अनुसार २१ मध्ये ८ वटा इन्द्रसरोवर गाउँपालिकाका किसान र बाँकी १३ वटा थाहानगरका किसानहरुलाई वितरण गरिएको हो । किसानको र परियोजनाको पचास÷पचास प्रतिशत लागतमा ट्याक्टर वितरण गरिएको हो ।

व्यवशायिक रुपमा खेतीपाती गर्ने किसानहरुका लागि ट्याक्टर सहयोगले उत्पादन वृद्धि हुने कृषक कृष्णकाजी प्रधानले बताए । उनले परियोजनाले ट्याक्टर वितरण गरेकोमा खुशी व्यक्त गरे । ट्याक्टर वितरण कार्यक्रममा   परियोजना कार्यान्वयन इकाइका प्रमुख सुजन अम्गाई, परियोजना कार्यान्वयन इकाई व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन विष्ट, कृषि प्राविधिकहरु लगायतकाको सहभागिता रहेको थियो ।

परियोजनाले अघिल्लो वर्ष पनि ट्याक्टर वितरण गरेको थियो । थाहानगर र इन्द्रसरोवर कार्यक्षेत्र रहेको परियोजना संचालनभएपछि किसानहरुले फाइदा महशुस गरेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०