Monday, 17th August, 2026
वि.स.

नेप्सेमा ऐतिहासिक रेकर्ड ब्रेक,एकैदिन ७१.०६ अंकको गिरावट

nepse-1624269748.gif

सेयर बजार परिसूचक नेप्सेमा सोमबार ऐतिहासिक गिरावटको रेकर्ड ब्रेक भएको छ । गत आइतबार अधिकतम ६३.२८ अंकले घटेको नेप्से परिसूचक सोमबार एकैदिन थप ७१.०६ अंकले गिरावट आएको हो ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४.४० विन्दुमा झरेको छ । यो हालसम्मकै उच्च गिरावट हो ।

तथापि, सेयर बजारमा उच्च गिरावट आइरहँदा यता कारोबार रकम भने झण्डै १२ अर्ब रुपैयाँ पुगेको छ ।  नेप्सेका अनुसार आज कुल २२७ कम्पनीका २ करोड ३० लाख ११ हजार ८२० कित्ता सेयर एक लाख ३० हजार ३९७ पटक किनबेच हुँदा कुल ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६०४ रुपैयाँको कारोबार भएको छ ।  गत कारोबार दिन जस्तै यस दिन पनि नेप्से परिसूचकका सबै समूहहरु ऋणात्मक भएका छन् । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif