Wednesday, 19th August, 2026
वि.स.

नेपाल प्रहरीको प्रवक्तामा एसएसपी कुँवर

sp-1606381339.jpg

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त बहादुर कुँवरलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसएसपी कुँवरलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो । 

यसअघिका प्रवक्ता कुवेर कडायतको प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, नवलपरासीमा सरुवा भएपछि प्रवक्ताको जिम्मेवारी कुँवरलाई दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवरलाई मोबाइल नम्बर ९८५१२–९२१११ र इमेल ठेगाना  spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने प्रहरी मुख्यालयले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif