Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेपाल एफएम प्रतिष्ठानमा ढकाल निर्विरोध

नेपाल पत्रकार महासंघ, नेपाल एफएम प्रतिष्ठानमा वैकुण्ठ ढकालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।  प्रतिष्ठान शाखाको १९ फागुनमा भएको छैटौँ बार्षिक साधारण सभा तथा चौँथो अधिवेशनबाट उपाध्यक्षद्वयमा शोभा घिमिरे र टोमा लामा, सचिवमा रघुनाथ बजगाँई, सह–सचिवद्वयमा इश्वरी बराल र सम्झना पौडेल, कोषाध्यक्षमा रामकुमार शाही निर्विरोध निर्वाचित भए । 

सदस्यहरुमा लक्ष्मी थापा (रिया), निशा बास्कोटा, दिव्या दुलाल र सुरेन्द्र लामिछाने सर्वसम्मत चयन भए । यसैगरी, केन्द्रीय सभासदमा विनोद ढुङ्गेल, गोविन्द रोका (सचिन) र  सिर्जना खड्का चयन भए । यस्तै, प्रदेश सभासदमा तुलसा घिमिरे, संगम महत, दिपेन्द्र खड्का र सुमन थापामगर पनि निर्विरोध चयन भए । अधिवेशन उद्घाटनमा नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाका संयोजक एवं केन्द्रिय सदस्य सुरज आचार्यले श्रमजीवि पत्रकाहरुहरुको शुद्धिकरण प्रतिष्ठान शाखाहरुबाटै हुनुपर्नेमा जोड दिए । 
नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रोशन पुरीले पनि न्युनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने र नियमित हुनुपर्नेमा जोड दिए । 

प्रतिष्ठान शाखाका नवनिर्वाचित अध्यक्ष ढकालले व्यवसायिक मर्यादा कायम गराउने र श्रमजीवि पत्रकार हकहितका लागि क्रियाशील रहने प्रतिवद्धता ब्यक्त गरे ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०