Dashai-Thaha-Nagar-1728205351.gif
Sunday, 13th October, 2024
वि.स.

नेपालमै अत्याधिक वर्षा थाहामा, आफ्नै रेकर्ड पनि ताेड्याे

IMG_20240929_221512-1727627685.jpg

१२ असाेज(हिजाे) विहान ८:४५ बजेकाे रेकर्ड बमाेजिम हावापानी विज्ञान विभागले एउटा तथ्यांक सार्वजनिक गर्याे । यसले थाहा नगरपालिका  दामनकाे रेकर्ड उसकै अघिल्लो रेकर्डमा 'ब्रेक' भएकाे देखियाे । २०५० सालमा ३७३.२ मिलिलिटर वर्षा मापन गरिएकाे थियाे । यसपाली ३१ वर्षपछि याे रेकर्ड ताेडियाे र ४१० मिलिमिटर वर्षा मापन भयाे ।
भलै मानवीय क्षति भएन । तर आफ्नैमात्र  रेकर्ड ब्रेक भएन, फेरि पनि थाहा नगरपालिकाकाे दामनले १४ जिल्लाका २५ वटा केन्द्रकाे ‘रेकर्ड ब्रेक’ गरेकाे छ । अब थाहालाई नेपालकाे अति भारी वर्षा हुने नगरपालिका भनेर भन्नुपर्ने  भएकाे छ ।

१२ असाेज शनिबार(हिजाे) मापन गरिएकाे रेकर्डअनुसार  थाहा(दामन) काे वर्षा २४ घण्टामा ४१० मिलिमिटर हुँदा अन्य उच्च भारी वर्षा भएकाे बाँकी स्थानमा ३३२ मिलिमिटर नाघ्न सकेकाे देखिँदैन । मकवानपुरकाे थाहापछि काभ्रे र काठमाडौं उपत्यकामा अति भारी वर्षा भएकाे तथ्याङ्कले देखाएकाे छ ।

हावापानी विज्ञान विभागका अनुसार थाहा(मकवाापुर) पछि काभ्रेको खाेपासीमा ३३१.६, ललितपुरको चापागाउँमा ३२३.५ र ललितपुरको गाेदावरीमा ३११.६ मिलिमटर पानी परेकाे छ ।
१२ असाेज शनिबार काठमाडौं उपत्यकाका ९ केन्द्रको वर्षाको रेकर्ड तोडिएको सार्वजनिक भएको थियो । जल तथा मौसम विज्ञान विभागले आइतबार १३ असाेजमा (आज) थप १६ केन्द्रको रेकर्ड ब्रेक वर्षाको विवरण सार्वजनिक गरेको हो ।

मकवाापुरकाे दामन, काठमाडौंको पानीपोखरी, त्रिभुवन विमानस्थल, बुढानीलकण्ठ, जितपुरफेदी र नागार्जुन, ललितपुरको गोदावरी, खुमलटार, टीकाथली, खोकना, चापागाउँ र भक्तपुरको नखेल वर्षामापन केन्द्रले २४ घण्टा अवधिको वर्षाको पुरानो रेकर्ड तोडिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभाग अन्तर्गतको हावापानी विज्ञान महाशाखाका अनुसार अर्घाखाँचीको सन्धिखर्क, चितवनको गोविन्दबस्ती, धादिङको गजुरी, झापाको चन्द्रगढी विमानस्थल, काभ्रेको खोपासी, पाँचखाल र धुलिखेलमा पनि रेकर्डब्रेक वर्षा भएको छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)