Tuesday, 25th August, 2026
वि.स.

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुग्यो

corona-death-1595656631.jpg

 नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ जना पुगेको छ । कोरोना संक्रमणबाट शुक्रवार बारा परवानिपुर निवासी १७ वर्षीया युवतीको मृत्यु भएसँगै मृतकको संख्या ४५ जना पुगेको हो ।

वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत उनको शुक्रवार बेलुका ७ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदनकुमार उपाध्यायले जानकारी दिए ।

उनमा भाइरल इन्सेफ्लाइटिक्सको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। पछि संक्रमण पुष्टि भएपछि शुक्रबार बिहान उनलाई गण्डक अस्पताल रिफर गरिएको थियो।

युवतीको शव सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ।शुक्रवार नै गण्डक अस्पतालमै उपचाररत ८५ वर्षीया वृद्धाको कोरोनाबाट मृत्यु भएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif