Tuesday, 25th August, 2026
वि.स.

नेपालमा कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षणकाे प्रक्रिया अगाडि बढ्यो

Vac-1598199241.jpg

नेपालमा कोरोना भाइरसविरुद्धका भ्याक्सिनको तेस्रो चरणको परीक्षणका लागि प्रक्रिया अगाडि बढेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रक्रिया सुरु गरेको जनाएको छ ।

रुस, चीन र बेलायतका तेस्रो चरणको क्लिनिकल परीक्षण चरणमा प्रवेश गरेका भ्याक्सिनको नेपालमा पनि परीक्षणका गर्नका लागि स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएर अनुसन्धान सुरु गरिसकिएको परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए ।

तेस्रो चरणको परीक्षण नेपालमा गर्न भ्याक्सिन उत्पादन गर्ने कम्पनीहरु पनि इच्छुक छन् । कम्तिमा १ हजार जनामा परीक्षणका लागि कम्पनीहरुको इच्छा रहेको जानकारी दिदै ज्ञवालीले आवश्यक मापदण्ड बनाउन थालिएको जानकारी दिए ।

परिषद्ले बेलायतको अक्सफोर्ड ग्रुपसँग कुराकानी गरिसकेको र एकहप्ताभित्रै त्यसका बारेमा ठोस जानकारी आउने ज्ञवालीको भनाइ छ । अहिलेसम्म जम्मा ७ वटा भ्याक्सिन तेस्रो चरणको परीक्षणमा छन् । त्यसमध्ये छिमेकी देश चीनका तीनवटा छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif