Monday, 5th October, 2026
वि.स.

नेपालकै पहिलो बालमैत्री गाउँपालिका बनाउँछु-अध्यक्ष लामा

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले र्इन्द्रसरोवर गाउँपालिकालाई नेपालको पहिलो बालमैत्री गाउँपालिका घोषणाका लागि लाग्न मातहतका कर्मचारीलाई आग्रह गरेका छन् ।

राज्यले बालमैत्री अबधारणालार्इ अबलम्वन गरिरहेको बेला राज्यपुनर्संरचाना पश्चात बनेको इन्द्रसरोवर गाउँपालिकालाइ नेपालकै नमुना र पहिलो गाउँपालिका बनाउने योजना रहेको उनले बताए । 

उनले विभिन्न कारणले र्इन्द्रसरोवर गाउँपालिका अन्तरगतको साबिक फाखेल गाउँ बिकास समितिलाइ बालमैत्री गाउँ विकास समितिको रूपमा घोषणा गर्न नसकेकोमा दुखेसो गर्दै तत्कालीन समयमा असहयोग गर्ने कर्मचारीप्रति रुष्ट हुँदै आगामी दिनमा योजनाबद्ध तरिकाले लाग्न निर्देशन समेत दिए । लामाले गाउँपालिका अध्यक्षको हैसियतले आफू प्रतिवद्ध भएको बताए ।



https://www.thahatimes.com/public/images/users/Puskal-1558329275.jpg

पुस्कल गोले सागर

news.pskl@gmail.com

गोले थाहा टाइम्स डटकममा आवद्ध पत्रकार हुन् ।