Tuesday, 18th August, 2026
वि.स.

निर्वाचित भूपू विद्यार्थीलाई विद्यालयद्वारा अभिनन्दन

जनकल्याण माध्यमिक विद्यालय थाहा नगरपालिकामा अध्ययन गरी स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनीधिहहरुलाई विद्यालयले एक समारोहकाबीच अभिनन्दन गरेको छ ।

जनकल्यण उच्च माविमा अध्ययन गरेका थाहानगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग बहादुर गोपाली, १ नम्बर वडा अध्यक्ष हेरमान गोपाली, २ नम्बर वडा अध्यक्ष गुप्त बहादुर कार्की, ३ नम्बर वडा अध्यक्ष राजेश केसी र ४ नम्बर वडा अध्यक्ष दिपकसिं लामालाई विद्यालयले अभिनन्दन गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीव कुमार स्याङतानको अध्यक्षतामा भएको कार्यक्रममा थाहानगरका नवनिर्वाचित प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरु, थाहानगरपालिकाका कार्यकारी अधिकृत जीवन प्रसाद आचार्य, संचार सहकारी संघका केन्द्रीय अध्यक्ष विष्णुहरि ढकाल, जनकल्याण एल्मोनाइ एशोसिएशनका अध्यक्ष निरञ्जन अधिकारी, सेति गणेश आधारभूत विद्यालयकी प्रधानाध्यापक उर्मिला गोपाली, मत्स्यनारायण माविका प्रधानाध्यापक विष्णुहरि ढकाल, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रधान लगायतकाको सहभागिता रहेको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif