Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

निर्वाचित पदाअधिकारीलाई स्वास्थ्य केन्द्रको सम्मान 

पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले मकवानपुर थाहा नगरपालिकाका निर्वाचित जनप्रतिनीधिलाई सम्मान गरको छ । स्वास्थ्य केन्द्रले नगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग बहादुर गोपाली र वडा नम्बर ४ का वडा अध्यक्ष दिपकसिं लामा तथा सदस्य रवी विष्टलाई सम्मान गरेको हो ।

जनप्रतिनीधिहरुलाई स्वास्थ्य केन्द्रका अध्यक्ष भरत गोपाली तथा स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर रिनेश अधिकारीले सम्मान गरेका हुन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका थाहानगर इन्चार्ज विष्णु विष्ट, सदस्य शालिकराम कार्की तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका पदाधिकारी र स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो । 

सम्मान कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष भरत गोपालीको सभाध्यक्षतामा भएको थियो । 

थाहा नगरपालिका नगर कार्यापालिकाको पहिलो बैठकले  निःशुल्क ल्याब (प्रयोगशाला) सुविधा दिनेसम्मको निर्णय गरेको छ । 
विभिन्न स्थानीय तहमा निर्वाचित पदाअधिकारीले लोकप्रिय निर्णय गरिहँदा थाहामा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रस्तावना लिएर आर्थिक सहयोग गर्ने र स्वास्थ्य केन्द्रबाट निःशुल्क ल्याब सेवा प्रदान गर्ने १९ जेठमा सम्पन्न बैठकले निर्णय गरेको हो ।