Monday, 17th August, 2026
वि.स.

निर्माण सामग्रीमा मनोमानी मूल्यवृद्धि

cemment-1624096118.jpg

कोरोना सङ्क्रमण र निषेधाज्ञाले डडेल्धुरामा निर्माण सामग्रीमा अस्वभाविक रुपमा मूल्यवृद्धि भएपछि उपभोक्ता तथा ठेकेदारहरु मर्कामा परेका छन् । कोरोना नियन्त्रण र रोकथामका लागि जारी भएको निषेधाज्ञाले निर्माणलगायत दैनिक उपभोग्य सामानको मूल्यवृद्धिले आम जनतामा निराशा छाएको छ । 

जिल्लामा वैशाख १९ गतेदेखि निषेधाज्ञा जारी भएपछि निर्माण कार्यमा प्रयोग हुने सिमेन्ट, सरिया, इँटा, ग्याभिनलगायत फलामे सामग्रीहरू, कर्कट पाता, पाइप तथा सेनेटरी जस्ता विविध सामग्रीको मूल्य ३० प्रतिशतभन्दा बढीले बढेको स्थानीय हार्डवेयर व्यवसायी यक्षराज पाण्डेयको बताए । ग्रामीण सडकहरू निषेधाज्ञा र लगातारको वर्षात्ले बन्द हुँदा अत्यावश्यक खाद्यान्नलगायत निर्माण सामग्रीको पनि अभाव रहेको उनको भनाइ छ । 

असारेमै सम्पन्न गर्नुपर्ने निर्माणका काममा सामानको मूल्यवृद्धि भएका कारण उपभोक्ता समिति र निर्माण व्यवसायी अत्यधिक मारमा परेको निर्माण व्यवसायी सङ्घ डडेल्धुराका पूर्वमहासचिव दानबहादुर साउदले बताए । सुदूरपश्चिमको पहाडी जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको डडेल्धुराबाट केही वर्षयता छिमेकी बैतडी र डोटी जिल्लामा निर्माण सामग्रीहरू जाने गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif