Friday, 21st August, 2026
वि.स.

निर्मल माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तिपुरमा रहेकाे निर्मल माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्लान ईन्टरनेशनल मकवानपुरको आर्थिक सहयोग तथा बाल अधिकार तथा महिला विकास केन्द्र पदमपोखरीको आयोजनामा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

‘विद्यार्थीको पढाईमा अभिभावकको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा निर्मल माविकी प्रकृति बर्तौला प्रथम, निर्मल माविकै सपना बर्तौला द्वित्तिय र शिक्षा विकास शिशु सदनकी श्वेच्छा गौतम तृतिय भएका छन् । संस्थाका अध्यक्ष रामहरी पोखरेलको अध्यक्षता तथा निर्मल बहुमुखी क्याम्पस बस्तीपुरका क्याम्पस प्रमुख शुवासचन्द्र कँडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा शिक्षा विकास शिशु सदन हेटौँडा ३ की शिक्षिका मीना भण्डारी, महेन्द्र किरण मावि हेटौँडा ३ की शिक्षिका भगिरथी अधिकारी, सनसाईन ईङ्ग्लिस बोर्डिङ स्कूलकी शिक्षिका निशा मगर, निर्मल मावि हेटौँडा १९ बस्तीपुरकी शिक्षिका मनोहरी बर्तौला लगायतको आतिथ्यता रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif