Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

निमित्तका भरमा चल्दैछन् १६९ स्थानीय तह

देशभरका १५९ स्थानीय तह निमित्त कार्यकारीका भरमा सञ्चालन भइरहेका छन्। 

सरकारले विसं २०७३ फागुन २८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी स्थानीय निकाय भङ्ग गरेको थियो। त्यसै दिनदेखि ४८१ गाउँपालिका, २४६ नगरपालिका, १३ उपमहानगरपालिका र चार महानगरपालिका सञ्चालनमा आएको थियो। चैत पहिलो साता सबै स्थानीय तहमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्यकारी अधिकृत खटाउने भने पनि १५९ स्थानीय तह हालसम्म निमित्तको भरमा सञ्चालन भइरहेको छ। 

मन्त्रालयका उपसचिव भरतकुमार शर्मा महानगरपालिकामा सहसचिव, उपमहानगर र नगरपालिकामा उपसचिव एवम् गाउँपालिकामा अधिकृतस्तरका कार्यकारी अधिकृत खटाउने भने पनि कर्मचारीको अभावमा ११० नगरपालिकामा अधिकृतलाई र ४९ गाउँपालिकामा नायब सुब्बालाई निमित्तका रुपमा खटाइएको बताउँछन्। 

मन्त्रालयमा कर्मचारीको अभाव भएपछि यसै वर्ष अधिकृतबाट बढुवा भएका ९० जना उपसचिवलाई नगरपालिकाको कार्यकारी अधिकृतका रुपमा जिम्मेवारी दिइएको उनले बताए।