Monday, 24th August, 2026
वि.स.

निधन भएका आफ्ना सदस्यको परिवारलाई बज्रवाराही सहकारीबाट सहयोग हस्तान्तरण

fanni-1591154179.jpg

थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको बज्रवाराही बचत तथा ऋण सहकारी संस्थाले निधन भएका आफ्नो सदस्यको परिवारलाई भेटघाटसहित नगद सहयोग गरेको छ । 

थाहा नगरपालिका वडा नम्बर ६ ऐलाखका हरि बहादुर उप्रेतीको परिवारलाई नगद १५ हजार रुपियाँ सहकारकिा अध्यक्ष फणिन्द्र सुवेदीले हस्तान्तरण गरे । यहि जेठ १४ गते निधन भएका उप्रेतिप्रति श्रद्धाञ्जली र परिवारमा सहकारीले समवेदना व्यक्त गरेको छ । 

सहयोग हस्तान्तरण कायृक्रममा कोषाध्यक्ष सुरेन्द्र गोपाली, संचालक कृष्णभक्त महर्जन र बिपिन भट्ट, लेखा समिति संयोक तेज कुमार बिडारी र व्यवस्थापक रन्जीत अर्यालको सहभागीता रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif