Thursday, 20th August, 2026
वि.स.

निजामति सेवा पुरस्कार २०७५ बाट मकवानपुरका परियार पुरस्कृत

सरकारले पुरस्कृत निजामती कर्मचारीलाई निजामति सेवा दिवसको अवसरमा २२ भाद्रमा सम्मान पत्र सहित सम्मान गरेको छ । 

दिवसको अवसरमा निजामति सेवा पुरस्कारबाट मकवानपुरका भिम बहादुर परियार पुरस्कृत भएका छन् । परियार मकवानपुर गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् । उनी २२ भाद्रमा पुरस्कृत मकवानपुरका एक मात्र कर्मचारी हुन् । उनी निजामति सेवा पुरस्कार २०७५ बाट सम्मानित भएका हुन् । 

आर्थिक वर्ष २०७४/०७५ मा उत्कृष्ट निजामती सेवा पुरस्कार एवं निजामती सेवा पुरस्कार सेवा पुरस्कार प्राप्त गर्ने निजामती कर्मचारीलाई सिंहदरवारमा आयोजना विशेष कार्यक्रमका बिच सम्मान पत्र वितरण गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । पुरस्कृत परियार सहकारी क्षेत्र र स्थानीय तहमा लामो समय काम गरिसकेका निजामति कर्मचारी हुन् । उनी यसअघि थाहा नगरपालिकाका समेत प्रमुख प्रशासकीय अधिकृत भएर सेवा गरिसकेका छन् भने डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख समेत भैसकेका छन् । 

सरकारले वर्षेनी निजामति सेवा दिवसको अवसरमा एक जनालाई सर्वोत्कृष्ट, १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्दै आएको भएपनि सर्वोत्कृष्ट पुरस्कार दिने कर्मचारी भेटाउन सकेन ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif