nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

निकासले मनायो वार्षिक उत्सव

मकवानपुरको हेटौंडाबाट प्रसारण भइरहेको सामुदायिक रेडियो,रेडियो निकास ९३.४ मेगाहर्ज तेश्रो बर्ष पूरा गरी चौंथो बर्षमा प्रवेश गरेको छ । २०७० साल मंसिर १४ गतेबाट प्रसारण भएको थियो । तेश्रो बार्षिकोत्सवको अवसरमा रेडियोले एक महिने बिभिन्न जनचेतना मुलक सहितका कार्यक्रम गर्ने भएको छ ।  बार्षिकोत्सवका अवसरमा यस बर्ष बिभिन्न कार्यक्रम संचालन गर्न लागिएको रेडियोका अध्यक्ष सुनिल खड्काले जानकारी दिए । निकास साप्ताहिकको को समेत १२ औं बार्षिकोत्सवका अवसरमा आँखा शिविर र आँखा सम्बन्धी कार्यक्रम, मकवानपुरको मन्थलीमा स्वास्थ्य शिविर, राजनीतिक दल र संचारकर्मीकाबीचमा मैत्रीपूर्ण फूलबल प्रतियोगिता समेत संचालन गरिने पनि उनले बताए । 

घर दैलो कार्यक्रम, सार्वजनिक सुनुवाई, जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता, उद्योगी, ब्यवसायीसंघ अन्तरकृया कार्यक्रम, बिज्ञापन दाताहरुसंग अन्तरकृया तथा श्रोता पाठकसंग साक्षात्कार कार्यक्रम र ट्राफिक जनचेतना मुलक कार्यक्रम सहित आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बिशिष्ट ब्यक्तिहरुसंग पत्रकारहरुको भ्रमण कार्यक्रम समेत तय गरिएको छ ।    

रेडियो निकासका अध्यक्ष तथा निकास साप्ताहिकका प्रकाशक सुनिल खड्काका पुजनीय पिता  रामचन्द्र खड्काको स्मृतिमा स्थापित रामचन्द्र खड्का सृजनशिल कृयाशिल पुरस्कारबाट एकजना पत्रकारलाई पुरस्कृत गरिने भएको छ । रेडियो प्रसारणमा साथ दिने सबै प्रति रेडियोका अध्यक्ष खड्काले अभार प्रकट गरे । बिज्ञप्ती जारी गर्दै अध्यक्ष खड्काले सम्पूर्ण बिज्ञापनदाता, शुभचिन्तक, शुभेच्छुक जिल्लाका नागरिक समाज, राजनीतिक दल, समाजसेवी, पत्रकार सहित सहकर्मी लगायतलाई धन्यवाद ज्ञापन गर्दै  रेडियो निकास र निकास साप्ताहिकको सम्मृद्धिका लागि बिगतकै जसरी सहयोगको अपेक्षा गरिएको कुरा पनि खड्काद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । 

हाल रेडियो निकास बिहान ५ बजेबाट राति ११ बजेसम्म प्रसारणमा छ भने यो रेडियोबाट उत्पादन हुने समाचार वीरगन्जको सामुदायिक रेडियो तराईबाट पनि रिले प्रसारण हुने गरेको छ । समाज रुपान्तरणमा रेडियो अझै अगाडि बढ्दै जाने प्रतिबद्धता समेत अध्यक्ष खड्काद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । 

यसैबीच रेडियो निकासको तेश्रो बार्षिकोत्सव तथा निकास साप्ताहिकको १२ औं बार्षिकोत्सवको अवसरमा आज रेडियोमा मकवानपुरका पत्रकारहरुसंग अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ । रेडियोका उपाध्यक्ष गोबिन्द रिमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्ने मकवानपुरका अगुवा पत्रकारहरुले रेडियो र पत्रिका निकासले समाज रुपान्तरणका लागि निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गर्दै अझै प्रगतिको कामना गरेका छन् । 

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका उपाध्यक्ष गिरिजा अधिकारीले श्रमजिवी पत्रकार र संचारसंस्थाहरुको उत्थानका लागि पत्रकार महासंघले मकवानपुरका उद्योगी, ब्यवसायी तथा सरकारी कार्यालयहरुसंग समन्वय गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा पे्रेस चौतारीका अध्यक्ष प्रकाश दाहालले हेटौडामा संचारगृह र संचार जगतमा नै निकासले बार्षिकोत्सवको अवसरमा महत्वपूर्ण कार्यक्रम गर्दा जिल्लाका पत्रकारहरुमा नै गौरव बढेको बताए । प्रेस सेन्टर मकवानपपुर शाखाकी अध्यक्ष नानीमाया बिष्ठले रेडियो र पत्रिका निकासका कारण मकवानपुर समाज रुपान्तरणमा टेवा पुगेको बताइन् । रेडियो निकासका स्टेशन कोर्डिनेटर कृष्णउदास खनालको सहजिकरणमा सम्पन्न भएको कार्यक्रममा स्वागत भने रेडियो निकासका कोषाध्यक्ष अर्जुन सन्जेलले गरेका थिए ।
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)