nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

निःशुल्क स्वास्थ्य शिबिर

swasthya-sibir-1474309104.jpg

हेटौंडा/हेटौंडामा रहेको दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रय स्थल रातोमाटे दमारटोलमा रहेका बृद्धबृद्धा , स्थानीय बालबालिका र  जनप्रिय दिव्य सेवा बाल क्लबका बालबालिकाका लागि  निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
हेटौंडा अस्पतालका  बालरोग बिशेषज्ञ डा. राजु सेढाइर्, सोही अस्पतालका फिजिसियन  डा. गौरव  गुप्ता  र नर्स प्रिया गुप्ताको टोलीले ६१जनाको स्वास्थ्य परिक्षण गरिएको बाल क्लबका शिक्षक सहजकर्ता युक्तलाल विश्वकर्माले बताए । 
स्वास्थ परिक्षणमा दिव्य सेवा निकेतनका केन्द्रीय अध्यक्ष तेजराम निरौला, प्रमुख संरक्षिका सुनिता बाईजी, प्रमुख सल्लाहकार पुर्ब सांसदद केदार न्यौपाने,  निकेतनका मकवानपुर अध्यक्ष चम्फुसिंह वाईबा, उपाध्यक्ष  पुर्ब बिद्यालय निरीक्षक यादब गजुरेल,  दिव्य सेवा बाल क्लबका शिक्षक नायक युक्तलाल बिश्वकर्मा लगायतकाको उपस्थिति रहेकोे थियो । 
कार्यक्रम स्वास्थ समितिका संयोजक सुजता पोखरेलको सक्रियतामा  सम्पन्न भएको  हो । आश्रयमले असोज २ गतेदेखि  फिजियोथेरापीको शुभारम्भ गरेको छ । अब दैनिक रुपमा यो सेवा प्रदान गरिने विश्वकर्माले बताए ।