Monday, 17th August, 2026
वि.स.

नापी कार्यालयमा आगलागी: घाइते हुने संख्या ४० पुग्यो [अपडेट]

Photo-1477480536.jpg

नापी कार्यालय मकवानपुरको भवनमा १० कात्तिक दिउँसो भएको आगलागीमा घाइते हुनेको संख्या ४० जना पुगेको छ । आगो लागेपछि दुई तीन तला माथिबाट समेत कर्मचारी र सेवा ग्राही हाम फालेका थिए । घाइते मध्ये २० जनालाई हेटौडा अस्पतालमा, १४ जनालाई अर्थोपेडिक अस्पतालमा, ५ जनाको चुरेहिल अस्पतालमा र गम्भीर घाइते एक जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक बामदेब गौतमले जानकारी दिए ।
भुँईतलाको पसलमा रहेका दुईवटा ग्यास सिलिण्डर पड्किएका कारण सिलिण्डरबाटै आगो लागेको आशंका गरेपनि एकिन नभएको मकवानपुरका प्रहरी उपरीक्षक मिरा चौधरीले बताइन् । 
आगलागीका कारण नापी कार्यालय बसेको दोस्रो तला, भुँईतलाको हार्डवयर पसल, होटल र ट्रयाक्टर शोरुममा क्षति भएको प्रहरीले जनाएको छ । आगलागी सम्पूर्ण विवरण भने आउन बाँकी छ । फोटोः शिवकुमार काशी/हेटौंडा

यो पनि पढ्नुहोस् 

नापी कार्यालयमा आगलागी हुँदा १९ जना घाइते

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif