Wednesday, 26th August, 2026
वि.स.

नागढुंगाबाट ४० लाख रुपैयाँसहित एक जना पक्राउ

paisa1-1604660043.jpg

चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित ए कजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्ता छन् ।उनलाई शुक्रबार बिहान महानगरीय प्रहरी प्रभाग, नागढुंगाको टोलीले पक्राउ गरेको हो ।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुबाहक चेकजाँच गर्ने क्रममा गुप्ताको साथमा रहेको झोला र कम्मरपेटीमा लुकाइ राखेको १ हजार दरका ४ हजार वटा नोट फेला परेको हो ।थप अनुसन्धान भइरहेको नागढुंगाका प्रहरी निरीक्षक हेमन्तविक्रम थापाले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif