Thursday, 20th August, 2026
वि.स.

नमुना वडा बनाउने अभियान जारी

Makwanpur-Gadhi-5-(2)-1537578730.JPG

वडामा खानेपानी र सरसफाईको राम्रो व्यवस्थापन गराउन मकवानपुर गढी गाउँपालिका ५ नम्बर वडाका सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । मकवानपुर गढी गाउँपालिका ५ नम्बर वडा कार्यालयले शुक्रबार आयोजना गरेको कुखुरापालन व्यवसायी, ट्याक्टर व्यवसायी र सरोकारवालाबिच भएको खानेपानी र सरसफाईसम्बन्धी अन्तरक्रिया कार्यक्रममा यस्तो सहमती जुटेको हो ।

कार्यक्रममा गाउँपालिकाका ५ नम्बर वडा अध्यक्ष जितबहादुर घिमिरेले कार्यक्रमको उदेश्य र भावी योजनाबारे बताएका थिए । योजना अनुसार कुखुरापालन व्यवसायीले २ महिनाभित्र कुहिने फोहर व्यबस्थापन क्षेत्र बनाउने र ६ महिनाभित्र फर्म दर्ता गर्ने सहमती भएको छ । त्यस्तै, १५ दिनभित्र वडाभित्रका ट्याक्टरको वडा कार्यालयमा सुचीकृत गर्ने सहमती भए पनि नदीजन्य पदार्थ सार्वजनिक जग्गा, चौर, बाटो लगायतबाट हटाउन चाँडै छलफल गरिने वडा अध्यक्ष घिमिरेले बताए ।

मदिरामुक्त वडा बनाउने तयारी गरिरहेको मकवानपुर गढी गाउँपालिका ५ नम्बर वडाले असोज ११ र १२ गते वडाभरी ९ टोल विकास समिति गठन गर्ने बताएको छ । साथै, वडा अध्यक्ष घिमिरेका अनुसार वडाभरीको नकुहिने फोहर संकलन गरी व्यवस्थापन गर्न फोहर शुल्क र क्षेत्र पनि चाँडै तोकिने छ ।

कार्यक्रममा मकवानपुर गढी गाउँपालिका ५ नम्बर वडाका राजनैतिक दल, सामुदायिक बन समूह, सहकारीका प्रतिनिधी, कुखुरापालन व्यवसायी, ट्याक्टर व्यवसायी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा मकवानपुर गढी गाउँपालिकाका वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरे, नेपाल कम्यूनिष्ट पार्टीका बिष्णु दंगाल, नेपाली कांग्रेसका दीर्घबहादुर थापा, राप्रपा नेपालका जयराम तिमल्सिना, ईलाका प्रहरी कार्यालयका जलन्धर कुशवाह, व्यवसायी मन्दिरा केशी, सुलोचना स्याङ्गतान, बलराम घिमिरे, चन्द्रप्रसाद दुलाल, सरिता तिमल्सिना लगायतले बोलेका थिए । कार्यक्रममा मकवानपुर गढी गाउँपालिकाका वडा नम्बर ६ अध्यक्ष टिकाप्रसाद दाहाल, स्वास्थ्य चौकीका ईन्चार्ज आशिष शर्मा कडेंल, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य अशोकसुजन श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Makwanpur-Gadhi-5-(2)-1537578733.JPG






Thaha-002-1774415222.gif