Wednesday, 1st July, 2026
वि.स.

नमुना क्याम्पस बनाउन सबैको पहल जरुरी

a-1566710638.jpg

    उत्तरी मकवानपुरकै एकमात्र क्याम्पसको रुपमा रहेको पालुङ बहुमुखी क्याम्पसको शैक्षिकस्तर सुधार गर्दै नमुना क्याम्पस बनाउने जिम्मेवारी थपिएको छ । क्याम्पसका शिक्षक, व्यवस्थापन समिति, स्थानीय तह, सरोकारवाला, समाजसेवी र विद्यार्थी लगायत सबैमा यसको जिम्मेवारी थपिएको सरोकारवालाहरुले बताएका छन् । पालुङ क्याम्पस भौगोलिक विकटता र ग्रामिण भेगका हिसाबले शहर बजार भन्दा बिल्कुलै  फरक महत्व र विशेषता बोकेको क्याम्पस भएर पनि यहाँ विद्यार्थीको आकर्षण हुन सकेको छैन । क्याम्पसलाई उत्तरी क्षेत्रकै विद्यार्थीहरुको पहुँचमा पुर्याउन नसकिएको ग्नासो छ । यस क्षेत्रका उच्च माविहरुबाट १२ कक्षा पास भएपछि विद्यार्थीहरु बजार केन्द्रित भएकाछन् । उनीहरुको रोजाई धेरैको काठमाण्डौं र हेटौंडा बन्न पुगेको छ । यद्यपि पालुङ बहुमुखी क्याम्पस व्यवस्थापनले क्याम्पसलाई नमुना बनाउने भन्दै योजनाहरु ल्याउने गरेको छ । 
    क्याम्पसको शैक्षिक गुणस्तर सुधार तथा भौतिक पूर्वाधार विकासका लागि सरोकारवलाहरुको कमजोर चासो रहेको छ । क्याम्पसको विगतलाई भुलेर नमुना क्याम्पस निर्माणमा स्थानीय समुदाय, स्थानीय तह, राजनीतिज्ञ समाजसेवी, उत्तरी क्षेत्रका विद्यालयहरु, सरोकारवाला र अभिभावक समेतको पहल जरुरी रहेको क्याम्पस प्रमुख रामहरी अधिकारी बताउँछन् ।
    विगत देखि नै क्याम्पसमा विद्यार्थीको संख्या बढाउनका लागि नमुना सर्वेक्षण, अभिभावक र विद्यार्थीलाई फोन सम्पर्क गर्ने, बस सेवा सञ्चालनको प्रयास, विभिन्न सञ्चार माध्यमबाट सूचना तथा जानकारी प्रकाशन र प्रशारण लगायतका कार्यहरु गरिए पनि न्युन मात्र उपलब्धि देखिएको क्याम्पस प्रशासनको भनाइ छ । बज्रबाराहीका विद्यार्थीहरुको लागि बस सञ्चालनको प्रयास भए पनि अघिल्लो वर्ष प्रयास मै सिमित भयो तर यस वर्ष भने बस सञ्चालन गर्ने पहल भैरहेको प्रमुख अधिकारीले बताउँछन् ।


    स्थानीय तह र वडाहरुले सहयोग गरिरहे पनि “हाम्रो क्याम्पस राम्रो क्याम्पस” बनाउने सोच सबै सरोकारवालाले राखे मात्र क्याम्पसको स्तर उन्नती हुन सक्ने क्याम्पस प्रमुख अधिकारीको भनाइ छ । शैक्षिक क्षेत्रका सबै संस्था, शिक्षक र सरोकारवालाहरुले नै स्थानीय स्तरमा विद्यार्थीलाई शिक्षा दिन र गाउँमै विद्यार्थीको भविष्य निर्माण गर्न पहल गर्न जरुरी रहेको उनको भनाइ छ । माध्यमिक तहको शिक्षापछि गाउँ छाडेर शहर बजारका क्याम्पस भर्ना हुने र लगतै गाउँबाटै शहर तिर पलायन हुने प्रवित्ति हावी भैरहेको वर्तमान समयमा गाउँ विकासको लागि समेत गाउँका विद्यार्थीहरुलाई गाउँ कै क्याम्पसमा अध्यापन गर्ने व्यवस्थावन गर्नुपर्ने शैक्षिक सोकारवालाहरु बताउँछन् । 
    गएको शैक्षिक सत्रमा  क्याम्पसले ४० जना विद्यार्थी भर्ना गराउने लक्ष्य बोके पनि २५ जना मात्र भर्ना भएको क्याम्पसले जनाएको छ । यस वर्ष  ५० भन्दा बढीको लक्ष्य राखिएको उनले बताए । यस वर्षको राष्ट्रिय परिक्षा बोर्डले प्रकाशन गरेको कक्षा १२ को नतिजा अनुसार उत्तरी क्षेत्रको जनकल्याण माद्यामिक विद्यालयमा ७५ जना र बज्रबाराही माध्यमिक विद्यालयमा मात्रै ३० जना विद्यार्थी समुत्तिर्ण भएका छन् । यी दुबै विद्यालय र उत्तरी क्षेत्रका अन्य विद्यालयबाट माध्यमिक तह पार गर्ने विद्यार्थीहरुलाई पालुङ क्याम्पसमै अध्यापन गराउन पहल गर्न सकिए मात्रै पनि ठुलो उपलब्धि बन्न सक्ने उनको दावी छ । 
    क्याम्पसमा बि.ए. (मानविकि) तथा बि.बि.एस. (ब्यवस्थापन) संकायमा अध्ययण अध्यापन गराउनदै आइरहेको छ । क्याम्पसले विगतदेखि नै क्याम्पस परिवारको सदस्यहरु मार्फत ५ जना गरीब तथा जेहेन्दार बिद्याथीहरुलाइ ५÷५ हजारको दरले छात्राबृति दिदै आइरहेको छ । क्याम्पस व्यवस्थापन समिति र शिक्षक परिवारले थानीय स्तरमै गुणस्तरीय शिक्षाका लागी स्थानीय निकायहरु सँग समन्वय गरि रहेको छ भने नयाँ शैक्षिकसत्रका लागी विद्यार्थी भर्ना संख्या बढाउने र गुणस्तरिय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ अभियान थालेको छ । 



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।