Tuesday, 25th August, 2026
वि.स.

नदीमा डुबेर दुई बालकको मृत्यु

dubera-1602143964.jpg

रौतहटमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईशनाथ नगरपालिका ५ लक्ष्मिनिया का १४ बर्षीय शेख फ्याज र गरुडा नगरपालिका १ जयनगरका तीन बर्षीय ताबिस अन्सारी रहेका छन् ।

लक्ष्मिनिया घर भई विगत दुई वर्षदेखि राजपुर नगरपालिका–२ विगाटोल स्थित फुपुको घरमा बस्दै आएका फ्याज राजपुर नगरपालिका–२ स्थित कामदेई नदीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै,अन्सारीलाई आफन्तसहित स्थानीय बासिन्दाले खोजी गर्दा वडा नम्बर ५ झाँजखोलामा पानीमा तैरिरहेको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif