Thursday, 2nd July, 2026
वि.स.

नगरपालिका कर्मचारी एशोसिएशन थाहानगर अध्यक्षमा लामिछाने

मकवानपुर थाहा नगरपालिकामा कार्यरत् स्थानीय सरकार अन्तर्गतका कर्मचारीहरुले स्थानीय सरकारको हरेक निर्णय कार्यान्वयन गर्नका लागि प्रतिवद्ध हुने जनाएका छन् । संघीय सरकारले सरकारी सेवा र अन्य सेवाका कर्मचारी भनेर विभेद गरिरहेको सन्दर्भमा साविक स्थानीय निकाय तथा हाल स्थानीय सरकारबाट नियुक्ति भई कार्य सम्पादन गरिरहेका कर्मचारीहरुले स्थानीय सरकारको निर्णय कार्यान्वयनमा सघाउनु दायित्व भएको बताएका हुन् । नेपाल नगरपालिका कर्मचारी एशोसिएशन थाहा नगरपालिकाको अधिवेशनमा सहभागी नगरका कर्मचारहिरुले आफूहरु अन्य सेवाका कर्मचारी नभएर संविधानले स्वायत्त अधिकार प्रदान गरेको स्थानीय सरकारको कर्मचारी भएको बताए ।

कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एशोसिएन थाहा नगरपालिकाका सस्थापक अध्यक्ष सुदर्शन पहेलीले संघीय सरकारले सरकारी सेवा र अन्य सेवाका कर्मचारी भनेर विभेद गरेको प्रतिक्रिया दिए । जनप्रतिनीधि नहुँदा, गाउँमा निजामति कर्मचारी पुग्न नसक्दा स्थानीय कर्मचारीहरुले कार्यालय धान्दै आएकामो अहिले सबै पूर्वाधार पुग्दा अन्य दर्जामा राखेर मूल्याङ्नक गरिनू दुखद् भएको बताए । उनले स्थानीय सेवाका कर्मचारीलाई समायोजन र वृत्ति विकास, सरुवा बढुवामा लगाएको बन्देजप्रति संघीय सरकारप्रति आक्रोस पोखे । स्थानीय सेवाका कर्मचारीहरुको मागलाई सम्बोधन गर्न नेपाल नगरपालिका संघ र संघीय सरकारलाई दबाब दिई केन्द्ीय समितिले तय गरेको आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने बताए । 

थाहा नगरपालिकामा रहेका स्थानीय सरकार अन्तर्गत रहेका स्थायी, अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको वृहत्त भेलाले नेपाल नगरपालिका कर्मचारी एशोसिएशन थाहा नगरपालिकाका इकाइको पुनर्गठन गरेको छ । इकाइको अध्यक्षमा अनिल लामिछाने निर्वाचित भएकाछन् । त्यसैगरी उपाध्यक्ष पाल्साङ लामा, सचिव सुरजकुमार भुजेल, सहसचिव गुणबहादुर केसी, कोषाध्यक्ष सुकदेव विडारीलगायत १३ सदस्यीय समिति रहेको छ । समितिको सल्लाहकारमा सुदर्शन पहेली र प्रकाश कुमार लामा रहेका छन् । 

अधिवेशनले संघीय सरकारले सरकारी सेवा र अन्य सेवाका कर्मचारी भनी स्थानीय सरकार अन्तर्गतका कर्मचारीलाई विभेद गरेकोमा विरोध गरेको छ । त्यसैगरी स्थानीय सरकार अन्तर्गत रहने कर्मचारी कल्याण कोष व्यवसथापन, कर्मचारी संचयकोषको व्यवस्थापनलगायतको विषयमा निर्णय गरेको छ । 

कार्यक्रममा नव निर्वाचित अध्यक्ष अनिल लामिछानेले स्थानीय तह अन्तर्गतका कर्मचारीहरुले स्थानीय सरकारको काम कारबाहीमा सघाउनु दायित्व भएको बताउँदै स्थानीय सरकारले आफू मातहतका कर्मचारीको वृत्ति विकासका लागि सहयोग गर्नुपर्ने धारणा राखे । उनले स्थानीय सरकारी सेवाका कर्मचारीहरुको पक्षमा एशोसिएशनले कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०