Thursday, 20th August, 2026
वि.स.

नगरपालिकाबाटै अपाङ्गता परिचयपत्र वितरण

IMGL0405-1568687636.JPG

मकवानपुर थाहा नगरपालिकाले अपांगता भएकाहरुका लागि परिचय पत्र वितरण शुरु गरेको छ । नगरपालिकामा ३० भाद्रमा नगर प्रमुख लवशेर विष्ट तथा उपप्रमुख खड्ग गोपालीले परिचयपत्र हस्तान्तरण गरेका हुन् । 

नगरपालिकाले कार्यविधि बमोजिम अपाङ्ता भएकाहरुलाई परिचयपत्र वितरण थालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख प्रतिमा मोक्तानले जानकारी दिइन् । नगरपालिकाले ३० भाद्रमा थाहा–९ की हदस्सा गमाललाई परिचयपत्र वितरण गरेर कार्य शुभारम्भ गरिउको सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले जानकारी दिए । 

नगरपालिकाले अपाङ्ग परिचयपत्र वितरणसंगै किससिमको आधारमा सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि, २०७५ बमोजिम रातो र निलो कार्ड पाउने अपाङ्ता भएकाहरुलाई भत्ता वितरण कार्यलाई समावेश गर्दै लैजाने प्रमख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताए । 

संघीयता कार्यान्वयनसंगै परिचयपत्र वितरणको अधिकार स्थानीय तहमा आएको हो । यस अघि महिला तथा बालबालिका जिल्ला कार्यालयले परिचय पत्र वितरण गर्दै आएको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif