Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

धुनिवेशीको जुगेडीमा स्थानीय सिंहदरवार निमार्ण हुदैं

Darbar-1596126113.png

स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समितिको २०७३ कार्तिक २२ गतेको सिफारिसमा नेपाल सरकारको २०७३ फागुन २७ गतेको निर्णय अनुसार मुलुक संघीय संरचनामा गएको हो । पुनसंरचनासंगै साविकका संरचना खारेज भए र नयाँ संरचना निमार्ण भए । नयाँ संरचना अनुसार ७५३ वटा स्थानीय तह तोकिए । स्थानीय तहसंगै पालिका केन्द्रहरु पनि तोकिए । साविकको नौविसे, जीवपुर र छत्रेदेउराली गाविसलाई गाभेर धुनिवेशी नगरपालिका नामकरण गरियो । धुनिवेशी नगरपालिकाको केन्द्र साविकको नौविसे गाविसको जुगेडीमा तोकियो । पालिका केन्द्र तोकिएको जुगेडीमा स्थानीय सिंहदरवार (प्रशासनिक भवन) निमार्ण प्रक्रिया अघि बढाएको धुनिवेशी नगरपालिका नगर प्रमुख वालकृष्ण आर्चायले बताए । पनुनसंरचना लगत्तै स्थानीय निर्वाचनले दिएको जिम्मेवारी बहन गरिरेहको छौ । जनताको अपेक्षा अनुसारको विकास गर्नु पर्ने त छदै छ । त्यसका अलावा कर्मचारीहरुलाई सहज रुपमा काम गर्न खुल्ला कार्यकक्ष आवश्यक हुन्छ । त्यसका लागि प्रशासनिक भवन पनि महत्वपूर्ण हुने भएकाले भवन निमार्ण गर्न लागेको नगर प्रमुख आचार्यले बताए ।

हामी स्थानीय सरकारका रुपमा रहेपनि संघीय वा प्रदेशका निर्णय पनि मान्नु पर्ने हुन्छ । संघीय संरचना अनुसार धुनिवेशीको पहिलो कार्यकालको नगर प्रमुखको भएकोले प्रशाशनिक भवन सहितका संरचना निमार्ण गर्ने दायित्व रहेकाले निमार्ण प्रक्रिया अघि बढाएका छौ । विकासलाई स्वीकार गर्न नसक्ने नकारात्मक मानसिकता पालेकाहरुले जुगेडीमा नगर केन्द्र बनाउन हुन्न भनेर रोइरहेकाछन् । उनीहरुको रुवाइले नगर प्रशासनिक भवन निमार्णमा कुनै असर नपर्ने भएकाले धुनिवेशी नगरवासीलाई संम्यमित हुन अपिल गरेकाछौ र केही महिना भित्र भवन शिलान्यास गर्दै छौ नगर प्रमुख आर्चायले बताए ।

पृथ्वी राजमार्गबाट ५०० मिटर भित्र रहेको जुगेडीमा साढे चार तले भवन ४० हजार एक सय ३० स्क्वायर फिट क्षेत्रफल तथा ३९ वटा कोठा भएको भवन निमार्ण हुन इन्जिनियर नवराज श्रेष्ठले बताए । ३ वर्ष निमार्ण अवधि निमार्ण गरिने उक्त भवनको लागत ३० करोड रहेको छ । पृथ्वी राजमार्गको टायलघरबाट ५०० मिटरमा प्रशासनिक भवनको प्राविधि प्रस्ताव मूल्याँकनको प्रक्रियामा रहेको छ । भवनमा सभा हल, बैठक कक्ष, प्रमुख, उपप्रमुखको कार्यकक्ष, सचिवालय, प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्ष सहित विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुको कार्यकक्ष हुने छ । भवनको चारै तिर कम्पाउण्ड आसपासमा हरियाली सहितको ग्राउण्ड र पार्किङ हुने इन्जिनियर श्रेष्ठले बताए ।

२०७५ असारमा बसेको नगर सभाले पालिका केन्द्र तोकिएको आसपासमा निशुल्क जग्गा प्राप्त गर्ने र सो नभएका जग्गा प्राप्ती ऐन अनुसार जग्गा प्राप्ती गरि भवन निमार्ण प्रक्रिया अघि बढाउन २०७५ साउन ३१ गते १५ दिने सुचना प्रकाशित गरियो । निशुल्क जग्गा उपलव्ध नभएपछि जग्गा प्राप्ती ऐन २०३४ को दफा ३ (क) बमोजिम जग्गा प्राप्ती-खरिद प्रक्रियाको लागि संघीय मन्त्री परिषदको २०७६ असार २४ गतेको निर्णयबाट अनुमति प्राप्त गरेर प्रक्रिया अघि बढाएको प्रमुख प्रशासकीय अघिकृत गोविन्द सिग्देलले बताए । २०७६ मंसिर १७ मा बसेको जग्गा अघिग्रहण तथा मुअव्जा निधारण समितिको बैठकले प्रतिरोपनी २० लाख ६० हजार मुअव्जा निर्धारण गरेकाले २०७६ भदौ १५ गते सािवक नौविसे ४-ग कित्ता नं. ९५० र ८६ बाट आठ रोपनी जग्गा गाप नेपाल प्रालि र सिजी प्रिन्टिङ प्रालिले पेश गरेको प्रस्तावबाट जग्गा प्राप्ती भएको छ । हाल धुनिवेशी नगरपालिकाको नाममा साविक नौविसे ४-ग १२४९ कित्ता नं. मा ५ रोपनी र १२५२ कित्ता नं. मा ३ रोपनी जग्गा रहेको प्रमुख प्रशासकीय अधिकृत सिंग्देलले बताए ।

नगरपालिका कायाृलय हाल भाडामा बसेका छौ । तीन ठाँउमा तीनवटा भवन भाडामा लिएर काम गरिरहेको छौ । कसले के काम कसरी गरिरहेको छ । सेवाग्राहीले सेवा सहजरुपमा पाए नपाएको हेर्न भ्याउने अवस्था छैन । नगर कार्यपालिकाको बैठक गर्न समेत साँघुरो कोठा व्यवस्थापन गरेका छौ । प्रमुख, उपप्रमुखलाई भ्ट्न आउनु हुने पनि बस्ने ठाँउ छैन । नर्या भवन निमार्ण पछि पक्कै अहिलेको भन्दा सहज हुने छ । प्रमुख प्रशासकीय अधिकृत सिंग्देलले जुगेडीमै प्रशासनिक भवन निमार्ण हुने विश्वास दिलाउदैं भवन निमार्ण कार्यमा सघाउन नगरवासीलाई अपिल गरेकाछन् ।

-कारोबार अनलाइनबाट



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०