Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या

hatya-1596266667.jpg

 कञ्चनपुरको बेलौरी नगरपालिका ७ भगतपुरकी बेलु खातीको हत्या भएको छ । 

गएराति नचिनेको मानिसको समूहले धारिलो हतियार प्रयोग गरी ५५ वर्षकी खातीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

आक्रमणमा परि खातीका श्रीमान ६२ वर्षका घनश्याम घाइते भएका छन् । उनलाई उपचारको लागि धनगढी पठाइएको छ । घटनापछि सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०