Tuesday, 25th August, 2026
वि.स.

धारिलो हतियारले हानेर भाइले गरे दाइको हत्या

hatya-1595496433.jpg

 मानसिक सन्तुलन गुमाएका रुकुम पश्चिमको चौरजहारी नगरपालिका ९ बस्ने ३४ वर्षीय भुपेन्द्र मल्ल (भिम भनेर  चिनिने) ले आफ्नै दाइको हत्या गरेका छन् ।

घरमै हत्या गरेर बारीमा गाडेको अवस्थामा ४५ वर्षीय दाइ हरिबहादुर भन्ने पठान मल्लको शव फेला परेको हो । एकदुई दिन अगाडि हत्या गरेर शव मकैबारीमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । एकान्त ठाउँमा घर भएको र वरपर छिमेकी समेत नभएकाले घटना ढिला थाहा भएको हो ।

आफ्नै भाइले चक्‍कु प्रहार गरी दाइको हत्या गरेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न भुपेन्द्रलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif