Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

धान ‘थ्रेसिङ’ गर्दा महिलाको मृत्यु

23-1601635280.jpg

कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा शुक्रबार धान झार्ने गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया लक्ष्मी साउँदको घटनास्थलमै मृत्यु भएको हो ।

“खेतमा धान थ्रेसर गर्ने क्रममा परेर साउँदको मृत्यु भएको हो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “ट्र्याक्टर चालक गणेश रानालाई नियन्त्रणमा लिइएको छ ।” उनले इलाका प्रहरी कार्यालय गुलरियाको टोलीले घटनास्थल मुचुल्का गरिरहेको र त्यसपछि शव परीक्षणका लागि अस्पताल लगिने जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०