nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 1st May, 2024
वि.स.
1000043965-1707579226.jpg

धादिङमा बस दुर्घटना हुदाँ ४३ जना घाईते, ७ को अवस्था गम्भीर

accident-dhading-768x510-1507627854.jpg

धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोष पशुपति डाँडामा मंगलबार दिउँसो बस दुर्घटना हुदाँ ४३ जना घाईते भएका छन् ।

घाईते मध्ये ७ को अवस्था गम्भीर छ । गम्भीर घाईतेलाई जिल्ला अस्पताल धादिङमा उपचारपछि थप उपचारका काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ । उत्तरी धादिङको गुम्दीबाट धादिङबेसी आउँदै गरेको बा ३ ख ४७८ नम्बरको बस आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

अन्य घाईतेको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । दुर्घटनामा घाईते भएकाहरुको सनाखत हुन नसकेको पाविल न्युजले समाचार लेखेको छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)