Thursday, 20th August, 2026
वि.स.

धादिङमा बस दुर्घटना हुदाँ ४३ जना घाईते, ७ को अवस्था गम्भीर

accident-dhading-768x510-1507627854.jpg

धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोष पशुपति डाँडामा मंगलबार दिउँसो बस दुर्घटना हुदाँ ४३ जना घाईते भएका छन् ।

घाईते मध्ये ७ को अवस्था गम्भीर छ । गम्भीर घाईतेलाई जिल्ला अस्पताल धादिङमा उपचारपछि थप उपचारका काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ । उत्तरी धादिङको गुम्दीबाट धादिङबेसी आउँदै गरेको बा ३ ख ४७८ नम्बरको बस आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

अन्य घाईतेको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । दुर्घटनामा घाईते भएकाहरुको सनाखत हुन नसकेको पाविल न्युजले समाचार लेखेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif