Saturday, 22nd August, 2026
वि.स.

धादिङको तुनिखोलामा बोलेरो दुर्घटना १२ जना घाईते (नामावली सहित)

bbbb-1572509442.jpg

धादिङ जिल्लाको गजुरीको तुनिखोलामा बोलेरो दुर्घटना हुदाँ १२ जना घाईते भएका छन् । १४ कार्तिकमा बेनिघाट रोराङ गाउँपालिका-२ ताल्तीबाट मलेखु तर्फ जाँदै गरेको बोलेरो जिप चुनिखोलामा दुर्घटना हुंदा १२ यात्रु घाईते भएका हुन् ।

ताल्तीबाट मलेखुतर्फ यात्रु लिएर आउँदै गरेको ग १ ज ३०११ नम्बरको बोलेरो जिप विहान करीव ९ बजे कच्ची सडकबाट अन्दाजि ३० मिटर तल खोलामा खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनाका घाइतेहरुलाई नेपाल प्रहरी, रेडक्रसकर्मी, स्वयंसेवक टोली र स्थानीयले उद्धार गरी उपचारका लागि राजमार्ग सामुदायिक अस्पताल मलेखु पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका १० जनालाई थप उपचारको लागि काठमाडौँ रिफर गरिएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाईतेहरूः

  • गजुरी गाउँपालिका १ को वर्ष २३ का अच्युत सिलवाल
  • वर्ष २५ का भिमराज सिलवाल
  • वेनिघाट २ को वर्ष २४ का नवराज खरेल
  • वर्ष २१ का सरस्वती रेग्मी
  • वर्ष ४५ की अप्सरा वस्नेत
  • वर्ष ४४ का नमराज हटुवाल
  • वर्ष ३४ का सन्तोष अधिकारी
  • बेनिघाट ४ का बर्ष २४ बर्षिय नरेस सिलवाल
  • गजुरी २ को वर्ष १५ विवश सेढाई
  • वर्ष १६ का शान्ति तामाङ
  • गजुरी ३ को वर्ष २३ दिनेश तामाङ 
  • मकवानपुरका वर्ष २८ सुनिल दर्जी 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif