Wednesday, 19th August, 2026
वि.स.

दोब्बर बढी मतान्तरले नेपाल जेसिजको अध्यक्षमा चितवनका अरुणेश्वर विजयी

IMG_20201218_224446-1608312865.jpg

नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा फराकिलो मतान्तरका साथ चितवनका अरुणेश्वर खनाल विजयी भएका छन् । यसअघिको अध्यक्ष दौडमा पराजित भए पनि यसपालीको भलबारी (रुपन्देही) महाधिवेशनमा खनालले आधा भन्दा बढी मतान्तरले जित हासिल गरे ।

खनालले एक हजार ९० मत पाउँदा प्रतिष्पर्धी लालमणि भण्डारीले पाँच सय १२ मत मात्र पाए । सातमध्ये तीन उम्मेदवारले आफ्ना पक्षमा उम्मेदवारी फिर्ता लिएपछि खनाल उच्च मनोबलका साथ मैदानमा थिए ।

बिसहजार जेसिज चितवनका तर्फबाट दोस्रोपटक अध्यक्षको दौडमा उत्रिएका खनालले यसअघि नेपाल जेसिजमा कार्यकारी उपाध्यक्ष, महासचिवलगायतका पदमा काम गरिसकेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif