Tuesday, 25th August, 2026
वि.स.

दैनिक १२ घण्टा उपत्यका प्रवेशमा रोक

naka-1596123308.jpg

कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै सरकारले उपत्यका प्रवेश गर्ने नाकामा सर्वसाधारणको आवगमनलाई कडाइ गरेको छ।

बन्दाबन्दी खुकुलो गरेसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेपछि सरकारले हरेक दिन साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमनलाई पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ।

"अर्को आदेश नभएसम्मका लागि अत्यावश्यक सेवा र ढुवानी बाहेक आजैदेखि लागू हुनेगरी कठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुहरूको आवागमन पूर्ण रुपमा बन्द गर्न गराउन," गृहमन्त्रालयले निर्देशन दिएको छ।

साथै सरकारले देशका विभिन्न स्थानबाट काठमाडौं आउने यात्रुहरूको उपत्यका प्रवेश नाकामा कोरोना संक्रमण चेकजाँचमा पनि कडाइ गर्न निर्देशन दिएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif